हालको विषय परिस्थितीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. ले आफ्नो दायित्ववोध गर्दै आम सर्वसाधारणलाई
अत्यावश्यक दैनिक उपभोग वस्तु (नुन चिनी लगायत) हरु आफ्नै टोल छिमेकमा प्राप्त होस भन्ने ध्येयले सानो प्रयास शुरु गरेको जानकारी गराउदछौ ।
यस अन्तर्गत डेलिभरी भ्यान मार्फत विभिन्न स्थानमा सामान लगी माइकिङ्गको माध्यमले सर्वसाधारणलाई जानकारी गराइ विक्री वितरण कार्य गरिदै आएको छ ।
कर्पोरेशनको यो प्रयास प्रति आम सर्वसाधारणका तर्फवाट देखाउनु भएको सदभाव तथा सल्लाह सुझावको लागी धन्यवाद ज्ञापन गर्दछौ ।
वितरण कार्य व्यापक बनाउनको लागी सुझावका उच्च मूल्याङ्कन गर्दै हालको विषय परिस्थितीमा उपलव्ध सिमित जनशक्ती तथा सरकारको सामाजिक दुरी कायम गरी
अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कने (लक डाउन) नीति समेतलाई ध्यानमा राख्दै अधिकतम प्रयास गरिने प्रतिवद्घता व्यक्त गर्दछौ ।
यसै आधारमा
परिचालित भ्यानबाट सम्बन्धित क्षेत्रमा माइकिङ्ग गरी सामान विक्री वितरणको व्यवस्था मिलाएका छौ । अधिकाँश मानिस घरमै रहने लक डाउनको अवस्थामा सुचनाको लागी यो
विधी पर्याप्त र अनावश्यक भिडभाडबाट बच्नको लागी प्रभावकारी समेत हुन्छ।
”कृपया आ–आफ्नै वासस्थानमा बस्नु होला”
धन्यवाद ।
चैत्र १८, २०७६