Notice > जस्ता पाता विक्री सम्बन्धि सिलबन्दी बोलपत्र आव्हान सुचना

 

 

जस्ता पाता विक्री सम्बन्धि सिलबन्दी बोलपत्र आव्हान सुचना

                                                          (पूनःप्रकाशितमिति2075।02।09)

बोलपत्र सुचना   नं.  एसटिसी। टि.न.।सिजीआईसिटि ।2074।075।0008 (आर).

यस कर्पोरेशनले नेपाल सरकार (मन्त्रि परिषद) को वैठकको निर्णय अनुसार भुकम्प बाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य चौकी अन्य सार्वजनिक भवनहरुका लागि जस्ता पाता आयात गरि पर्याप्त मात्रामा मौज्दात राख्नको लागि निर्देशन प्राप्त भए वमोजिम जिन्दल (ईन्डिया) लिमिटेड, वेष्ट वंगाल भारत बा आयात भएको विभिन्न साईजको जस्ता पाता करिव 50¸000 (+/10%) वण्डल जे जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गर्ने ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रित पुर्वकको फारामभरि यस कम्पनीको  केन्द्रिय  कार्यालय कालिमाटी, काठमाण्डौ, कर्पोरेशनको अंचल कार्यालय वीरगंजमा सिलवन्दी बोलपत्र दिनु हुन पूनःयो  सुचना  प्रकाशित  गरिएको  छ।

 

शर्तहरुः

1     यो सुचना प्रथम पटक प्रकाशित मितिले 15 दिनदिनको 12:00 बजे भित्र कम्पनीको केन्द्रिय कार्यालय कालिमाटी, काठमाण्डौं तथा अंचल कार्यालय, वीरगंज बाट बोलपत्र फाराम प्रति 3000।00 (अक्षरुपी तीन हजार) फिर्ता नहुने गरि खरिद गर्न सकिनेछ ।

2     बोलपत्र खरिद गर्ने व्यक्ति वा फर्महरुले सुचना  प्रकाशित  भएको  मितिले 15औं  दिन दिनको 1: 00 बजे  भित्र  बोलपत्र बुझाउनु पर्नेछ सोही दिन  दिनको 3 :00 बजे प्रतिनिधीको रोहवरमा खोलिने । निज वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि बोलपत्र खोल्ने कार्य रोकिने छैन । उक्त दिनमा विदा परेमा सो को भोलिपल्ट उल्लेखित कार्यहरु हुने छन ।

3     फर्म वा कम्पनीको हकमा वोलपत्र साथ फर्म वा कम्पनीको दर्ता प्रमाणापत्र नविकररण सहितको फोटोकपी, भ्याट नं प्रमाणपत्रको फोटोकपी, चालु आ.व. 2073।2074 को करचुक्ता प्रमाणापत्र फोटोकपी, कालो सुचिमा नपरेको स्वघोषित पत्र अनिवार्य वुझाउनु पर्ने।व्यक्तिको हकमा नागरिकताको फोटोकपी  अनिवार्य  रुपमा  पेश र्नुपर्नेछ ।उल्लेखित  कागजात नबुझाएको वोलपत्र स्वत रद्ध: हुने छ ।

4     वोलपत्रदाताले बोलपत्र साथ कवोल गरेको अंकको (मुल्यको) 2.5प्रतिशत ले हुने धरौटी रकम कर्पोरेशनको कालिमाटी स्थित सनराईज बैक लिमिटडमा खाता नं 0080002000 मा जम्मा गरेको सक्कल भौचर वा कम्तीमा 180 दिन अवधि भएको क वर्गको वाणिज्य बैक बाट जारी भएको विड वण्ड (वैक जमानत) पेश गर्नु पर्ने छ ।

5     रित पुर्वक पेश  नभएको  तोकिएको  समय  दर्ता  नभएको  बोलपत्रलाई  मान्यता दिईने छैन।प्राप्त  बोलपत्र आंशिक वा  पूर्णस्वीकृत  गर्ने  वा अस्विकृत  गर्ने  अधिकार  यस  कर्पोरेशन मा  निहित  रहनेछ।

6     यस सुचनामा  उल्लेख  भएका  वाहेक यस सम्बन्धि  सम्पूर्ण शर्तहरु वोलपत्रमा उल्लेख भए बमोजिम हुनेछन।

7     बोलपत्र सम्बन्धि अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुने छ । जस्ता पाताको विवरण बोलपत्र फाराममा समावेस गरिएकोछ । अन्य जानकारीको लागि कर्पोरेशनको केन्द्रिय कार्यालय वा अंचल कार्यालय विरगंजमा कार्यालय समयमा सम्पर्क राखी जानकारी लिन सकिनेछ ।

8     सम्पूर्ण जस्तापाताहरु कर्पोरेशनको पर्सा, विरगंज तथा काठमाण्डौ, सतुंगल स्थित कार्यालय बाट उठाउनु पर्ने छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि

केन्द्रिय कार्यालय, कालिमाटी

काठमाण्डौ, नेपाल

फोन नं 4271208¸ 4271014

अं.का. विरगंज 051522597