Links
- Invitation For The Bids Of Chemical Fertilizer Urea 30000 Mt
- Invitation For The Bids Of Chemical Fertilizer Mop 5000 MT
- Invitation For Bids For The Supply Of Chemical Fertilizer DAP26000 MT
- प्रचार सामाग्रिहरु खरिद गर्न बोलपत्र आव्हान
- Notice For Intent Of Acceptance UREA 25000 MT
- Invitation For Bids For The Supply Of Chemical Fertilizer DAP 25000 MT
- Notice Of Chemical Fertilizer Urea 25000 M/Tn
- Notice For Intent Of Acceptance
- Invitation Of Chemical Fertilizer Of Urea 30000 MT
- पूर्वयोग्यता सम्बन्धी सूचना
- 57 आै वार्षिक साधारण सभा को सूचना
- कटन तथा एचदीपीइ त्रिपालको बोल्पत्र अहवान
- प्राेक्सी फारम
- पूर्वयोग्यता सम्बन्धि सूचना
- Notice For Intent Of Acceptance
- 57th Annual Balance Sheet Report 2022/023
Notice > जस्ता पाता विक्री सम्बन्धि सिलबन्दी बाेलपत्र अाव्हान सूचना
जस्ता पाता विक्री सम्बन्धि सिलबन्दी बोलपत्र आव्हान सुचना
प्रथम पटक प्रकाशित मिति २०७४।१०।१४
यस कर्पोरेशनले नेपाल सरकार (मन्त्रि परिषद) को वैठकको निर्णय अनुसार भुकम्प बाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य चौकी अन्य सार्वजनिक भवनहरुका लागि जस्ता पाता आयात गरि पर्याप्त मात्रामा मौज्दात राख्नको लागि निेर्देशन प्राप्त भए वमोजिम जिन्दल (ईन्डिया) लिमिटेड, वेष्ट वंगाल भारत बाट आयात भएको विभिन्न साईजको जस्ता पाता करिव ५०000 (+/- 10%) वण्डल जे जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गर्ने ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रितपूर्वकको फाराम भरि यस कम्पनीको केन्द्रिय कार्यालय कालिमाटी, काठमाण्डौं, वा कर्पोरेशनको अंचल कार्यालय वीरगंजमा सिलवन्दी बोलपत्र दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
शर्तहरुः
1. यो सूचना प्रथम पटक प्रकाशित मितिले 30 औ दिन दिनको 12:00 बजे भित्र कम्पनी को केन्द्रिय कार्यालय कालिमाटी, काठमाण्डौं तथा अंचल कार्यालय, वीरगंज बाट बोलपत्र फाराम ३०००।०० (अक्षरुपी तीन हजार) फिर्ता नहुने गरि खरिद गर्न सकिनेछ ।
2. बोलपत्र खरिद गर्ने व्यक्ति वा फर्महरुले सूचना प्रकाशित भएको मितिले 30 औ दिन दिनको 1:00 बजे भित्र बोलपत्र बुझाउनु पर्नेछ र सोही दिन दिनको 3:00 बजे प्रतिनिधीको रोहवरमा खोलिनेछ । निज वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि बोलपत्र खोल्ने कार्य रोकिने छैन । उक्त दिनमा विदा परेमा सो को भोलिपल्ट उल्लेखित कार्यहरु हुने छन ।
3. फर्म वा कम्पनीको हकमा वोलपत्र साथ फर्म वा कम्पनीको दर्ता प्रमाणपत्र नविकरण सहितको फोटोकपी, भ्याट न. प्रमाणपत्रको फोटोकपी, आ.व.2073।074 को करचुक्ता प्रमाणपत्र फोटोकपी, कालो सूचिमा नपरेको स्वघोषित पत्र अनिवार्य वुझाउनु पर्नेछ । व्यक्तिको हकमा नागरिकताको फोटोकपी अनिवार्य रुपमा पेश गर्नु पर्नेछ।उल्लेखित कागजात नबुझाएको वोलपत्र स्वत रद्ध हुनेछ ।
4. वोलपत्रदाताले बोलपत्र साथ कवोल गरेको अंकको (मुल्यको) 2.5 प्रतिशत ले हुने धरौटी रकम कर्पोरेशनको कालिमाटि स्थित सनराईज बैक लिमिटेड खाता नं 008000200 मा जम्मा गरेको सक्कल भौचर वा कम्तीमा ६ महिना अवधि भएको क वर्गको वाणिज्य बैक बाट जारी भएको विड वण्ड (वैक जमानत) पेश गर्नु पर्ने छ ।
5. रित पुर्व पेश नभएको तोकिएको समय दर्ता नभएको बोलपत्र लाई मान्यता दिईने छैन । प्राप्त बोलपत्र आंशिका वा पूर्ण स्वीकृत गर्ने वा अस्विकृत गर्ने अधिकार यस कर्पोरेशनमा निहित रहनेछ।
6. यस सुचनामा उल्लेख भएका वाहेक यस सम्बन्धि सम्पूर्ण शर्तहरु वोलपत्रमा उल्लेख भए बमोजिम हुने छन।
7. बोलपत्र सम्बन्धि अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुने छ । जस्ता पाताको विवरण बोलपत्र फाराममा समावेस गरिएकोछ । अन्य जानकारीको लागि कर्पोरेशनको केन्द्रिय कार्यालय वा अंचल कार्यालय विरगंजमा कार्यालय समयमा सम्पर्क राखी जानकारी लिन सकिनेछ ।
8. सम्पूर्ण जस्ता पाताहरु कर्पोरेशनको पर्सा, विरगंज तथा काठमाण्डौं , सतुंगल स्थित कार्यालय बाट उठाउनु पर्ने छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि
केन्द्रिय कार्यालय, कालिमाटी
काठमाण्डौं नेपाल
फोन न. 4271208, 4271014,
अं.का. विरगंज 051 522597