Notice > नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फोरवाडिङ्ग तथा आन्तरिक ...

नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फोरवाडिङ्ग तथा आन्तरिक ढुवानी कार्यको लागि सिलबन्दी बोलपत्र आव्हानको सूचना

 

(प्रथम पटक प्रकाशित मिति २०७४/०३/०५ गते)

यस कर्पोरेशनले .. ०७४/०७५ को लागि आयात गर्ने तल उल्लेखित स्थानहरु मानू, चिनी, रासायनिक मल लगायत अन्य सामानहरुको भारतको रेल्वे हेडबाट क्लियरिङ्ग फोरवाडिङ्ग गरि र्पोरेशनले तोकिएको अंचल कार्यालय गोदामसम्म एवं तल उल्लेखित अञ्चल कार्यालयहरु देखी बिभिन्न कार्यालयहरुमा आन्तरिक ढुवानी कार्य गर्नका लागि प्रचलित नेपाल सरकारको कानून बमोजिम इजाजत प्राप्त ढुवानीकर्ताहरुबाट देहाय बमोजिमका शर्तहरुको अधिनमा रही रित पूर्वक र्पोरेशनको केन्द्रीय कार्यालय तथा सम्बन्धित अञ्चल कार्यालयहरुमा सिलबन्दी बोलपत्र दिनु हुन सूचना प्रकाशीत गरिएको छ।

) रेल्बे क्लियरिङ्ग, फोरवाडिङ्ग तथा ढुवानी स्थान   

. भारतको नौतनवा देखी भैरहवा/पक्कलिहवा

. भारतको जोगवानी देखी विराटनगर

. भारतको रक्सौल देखि बीरगंज, सिमरा

. वीरगंज सुख्खा बन्दलरगाह देखि बीरगंज, सिमरा, हेटडा

. भारतको रोजा देखी नेपालगंज

. भारतको रोजा देखी धनगढी

. भारतको सितापुर देखी नेपालगंज

. भारतको सितापुर देखी धनगढी

. भारतको गोण्डा देखी नेपालगंज

 

) आन्तरिक ढुवानी

) विराटनगर देखि (सेक्टर) : विर्तामोड, राजविराज, लहान जनकपुर

) भैरहवा देखि (सेक्टर) : कृष्णनगर, पोखरा, बागलुङ्ग, दाङ्ग, (घोराही), दाङ्ग (लमही), तुलसीपुर, नारायणगढ, काठमाडौं, काठमाडौं (कोटेश्वर), बनेपा, नुवाकोट, टिकापुर, वेलौरी, सल्यान, गुलरिया, नेपालगंज, सुर्खेत, धनगढी महेन्द्रनगर।

) वीरगंज देखि (सेक्टर) : नारायणगढ, जनकपुर, लहान, पोखरा, बागलुङ्ग, काठमाडौं, काठमाडौं (कोटेश्वर), बनेपा, हेटौंडा, नुवाकोट, मलंगवा गौर।

) नेपालगंज देखि (सेक्टर) : सुर्खेत, दाङ्ग(घोराही), तुलसीपुर, लमही, टिकापुर, सल्यान गुलरिया

) धनगढी देखि (सेक्टर) : महेन्द्रनगर, डडेलधुरा, दिपायल, बैतडी (पाटन), टिकापुर वैलौरी

 

शर्तहरुः

. यो सूचना प्रकाशित मितिले २१   दिन भित्र रेल्वे क्लियरिङ्ग फोरवाडिङ्ग एवं आन्तरिक ढुवानी बोलपत्र प्रति फाराम प्रत्येक सेक्टरको लागि रु. ३०००।– (फिर्ता नहुने गरि) तिरी कर्परेशनको केन्द्रिय कार्यालय वा सम्बन्धित अञ्चल कार्यालयहरुबाट दिनको ११.०० बजे सम्म खरिद गर्न सक्ने छ।उक्त बोलपत्रहरु सोही दिन दिनको १२.०० बजे सम्म दाखिला गरि सोहि दिन दिनको .०० बजे खोलिनेछ।सो दिन विदा परेमा भोली पल्ट ११.०० बजे सम्म खरिद, सोही दिन दिनको १२.०० बजे सम्म दाखिला एवं सोही दिन दिनको .०० बजे खोलिने छ।

.  गोरखापत्रमा प्रकाशीत सूचनामा उल्लेख भएका प्रत्येक सेक्टरको लागि छुट्टा छुट्टै बोलपत्र दिनु पर्नेछ।

.  प्राप्त बोलपत्र दाखिला गरेको २१दिनको .०० बजे बोलपत्र दाखिला गरेको कार्यालयमा बोलपत्रवाला वा निजको आधिकारीक प्रतिनिधीहरुको रोहवरमा खोलिने छ।बोलपत्रवाला वा निजको आधिाकारीक प्रतिनिधी उपस्थित नभएमा पनि बोलपत्र खोल्ने कार्य रोकिने छैन।

.  बोलपत्रहरु जुन कार्यालयमा खरिद गरिएको हो, सोही कार्यालयमा दाखिला गर्नु पर्नेछ।एउटा कार्यालयबाट खरिद गरि अन्यकार्यालयमा एक फर्मबाट खरिद गरेको अर्कफर्मको नाममा दाखिला गरेमा सो बोलपत्रलाई मान्यता दिईने छैन।

.  बोलपत्र फाराम साथ फर्म वा कम्पनी दर्ता प्रमाणपत्र (नविकरण सहित), .. २०७२/०७३को कर चुक्ता प्रमाणपत्र, मु.. कर स्थायी लेखा नं. तथा रेल्वे क्लियरिङ्गको हकमा भारतीय रेल्वे, भारतीय कष्टम तथा नेपाल भंसारमा क्लियरिङ्ग सम्बन्धी काम गरेको अनुभवको प्रमाण तथा स्वेच्छीक घोषणा पत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ।

.  बोलपत्र फाराम भर्दा प्रति क्वीन्टल ने.रु. दर अंक अक्षरमा भर्नु पर्नेछ।अंक अक्षर फरक परेमा अक्षरलाई मान्यता दिईने छ।

.  रितपूर्वक पेश नभएका बोलपत्रलाई मान्यता दिईने छैन।

.  प्राप्त बोलपत्र आंशिक वा पूर्ण स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कर्परेशनमा निहित रहने छ।

.  बोलपत्र सम्बन्धी धरौटी, जमानत लगायत अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ।

१०. अन्य जानकारीको लागि कार्यालय समयमा केन्द्रीय कार्यालय तथा सम्बन्धीत कार्यालयमा सम्पर्क राखि जानकारी लिन सकिनेछ।

 

साल्ट ट्रेडिङ्ग कर्परेशन लिमिटेड

केन्द्रीय कार्यालय कालिमाटी, काठमाण्डौ।

फोन नं. ४२७१०१४, ४२७१२०८

फ्याक्स नं. ०१४२७१७०४